शनिबार, वैशाख १५, २०८१

विवाह नजिकिँदै गर्दा प्रहरी जवानले गरे आत्महत्या

मेरोन्यूज २०७८ वैशाख २८ गते १४:११

काठमाडौँ । महोत्तरीमा एक प्रहरी जवानले आँपको रुखमा पासो लगाएर आत्महत्या गरेका छन् । सोमबार मध्यरातमा उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकीबाट करिब सात सय मिटरको दुरीम रहेको आँपको रुखमा पासो लागेको अवस्थामा शव भेटिएको हो । प्रहरी जवान २५ वर्षीय जितेन्द्र साहले ड्युटी सकेर राति के–कति कारणले आत्महत्या गरे भन्ने नखुलेकाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिए ।

विगत सात महिनादेखि सम्सी प्रहरी चौकीमा कार्यरत साहको आगामी जेठ ७ गते बिहे रहेको प्रहरीले जनाएको छ । बिहेको लागि बिदा लिएर घर जाने तयारीमा रहेका उनी मंगलबार बिहान झुन्डिएको अवस्थामा फेला परेको हो । मृतक प्रहरी जवानको परिवारलाई खबर दिइसकेको छ ।

प्रतिक्रिया