शुक्रबार, वैशाख १४, २०८१

आजको राशिफलः वैशाख २८ गते मंगलबार

ज्यो. दिवाकर पन्त २०७८ वैशाख २८ गते ६:१९

काठमाडौं । आज २०७८ वैशाख महिनाको २८ गते मंगलबार, वैशाख कृष्णपक्षको औँसी तिथि । आज मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन । अब लागौं आजको राशिफलतर्फ

मेष
आम्दानीमा केही बृद्धि हुने छ । आत्माबल बलियो हुने छ । नेतृत्वदायी भुमिकामा बढ्ने छ । मनमा उदासिनता हुने भएकाले उमङ्गको अभाव हुने छ । पेशागत जीवन तथा ब्यवसायमा समय धेरै अनुकुल छैन् । लोक कल्याणकारी स्वाभाव र सहयोगी स्वाभावमा बृद्धि हुने छ । राजनीति क्षेत्रमा सक्रियहरुलाई समय सकारात्मक छ । त्यसैगरी ठेक्कापट्टा, फलाम, उद्योग कलकारखाना, ग्रिल, प्रशासनिक क्षेत्र, केमिकल्सको कारोवार, औषधी, सिमेण्ट आदी जस्ता ब्यवसायमा संलग्नहरुलाई फाइदा मिल्ने छ ।

वृष
प्रभावकारी ब्यक्तित्व बन्ने छ । पेशागत तथा ब्यावसायिक जीवनमा सकारात्मकता देखा पर्ने छ । मनमा भने दुविधा बढ्ने छ यसले गर्दा उदासिनताको मात्रा देखिने छ । भाग्यको बलियो साथ रहेकाले प्रतिकुल परिस्थितिमा पनि जुधन सक्ने क्षमता प्राप्त हुने छ । आम्दानीमा भने केही बाढोत्तरी हुने छ ।

मिथुन
निडर र मनोबलले भरिएको ब्यक्तित्व हुने छ । धन सम्पत्तिमा केही बृद्धि हुने छ, तर मनमा भने अन्योलता कायम रहनाले निर्णय क्षमतामा कमि आउने छ । रिस अलि बढि हुने भएकाले रिस नियन्त्रणमा ध्यान दिनु पर्ने छ । परिवारका सदस्यहरुको साथले गर्दा प्रतिकुलतासँग सामना गर्न दृढता आउने छ । तर परिवारको सदस्यहरुको भुमिकाको कदर नगर्ने सोच आउने छ ।

कर्कट
कर्मशिलता बढ्ने छ । आफ्नो कर्म र पेशा तथा ब्यवसायप्रति कटिबद्ध रहने स्वाभाव हुने छ । अरुको विश्वास जित्न सकिने छ । आफ्नै भुमिका र सक्रियतामा पेशागत र ब्यापार ब्यवसायमा सक्रियता बढ्ने छ । साझेदारीमा गरिएका कामहरुबाट फाइदा हुने छ । दाम्पत्य सुख प्राप्त हुने छ । अध्ययन अध्यापन, शिक्षा क्षेत्र, प्राज्ञिक क्षेत्र, धार्मिक क्षेत्रमा सक्रिय ब्यक्तिहरुमा समय अलि प्रतिकुल छ ।

सिंह
भाग्य बलियो रहेको छ । आम्दानीमा केही बृद्धि हुने छ । मनमा लिइएका लक्ष्यहरु प्राप्त हुने छन् । पेशागत र ब्यावसायिक जीवन औसत रहने छ अर्थात न त धेरै सकारात्मक, न त धेरै नकारात्मक हुने छ । इन्जियिनरिङ्ग, ब्यवस्थापन, राजनीति, प्रशासन, कपडाको ब्यापार, ठेक्का पट्टा, औषधी, सौन्दर्य प्रशाधनका सामान, सर्जरी, स्वास्थ्य क्षेत्र, अस्पतालजन्य सामान आपूर्ति जस्ता क्षेत्रमा संलग्नहरुको आम्दानीमा बृद्धि हुने छ ।

कन्या
समय अलि प्रतिकुल छ, धैर्य हुनु होला । आम्दानीको सदुपयोग हुने छैन् गलत ठाउँमा फस्न पुग्ने भएकाले विचार गर्नु होला । लक्ष्य प्राप्त हुने छैनन्, जसले गर्दा मनमा खिन्नता ल्याउने छ । दाम्पत्य जीवनमा कटुता उत्पन्न हुने छ । मनमा उत्साह र उमङ्गको कमि हुने छ भने निराशाले सताउने छ । साझेदारीमा गरिएका कामहरुमा असमझदारी उत्पन्न हुने भएकाले सतर्कतासहित विचार गर्नु होला ।

तुला
भाग्यहिनता हुने भएकाले कार्य बाधा हुने छ । परिवारको साथ पाइने हुनाले प्रतिकुलतामा पनि ढाडस मिल्ने छ । जीवनसाथिको साथ लिएर काम गरेरमा पेशा ब्यवसायमा सफलता पाउन सहयोग पुग्ने छ । आम्दानीमा पनि बृद्धि हुने छ । साझेदारीमा गरिएका कामहरुमा फाइदा प्राप्त हुने छ । ब्यवस्थापन, प्रशासन, राजनीति, गहनाको कारोवार जस्ता क्षेत्रमा संलग्नहरुलाई केही फाइदा हुने समय छ ।

वृश्चिक
समय प्रतिकुल छ, धैर्य हुने प्रयास गर्नु होला । मनमा दुबिधा हुने छ । निर्णय क्षमतामा कमि आउने छ । नकारात्मक विचार र निराशाले सताउने छ । शरीरमा कमजोरी हुने भएकाले आलस्यता बढ्न जाने छ । जोश र जाँगरको कमि हुनेछ । नेतृत्व क्षमतामा कमि हुने भएकाले जिम्मेबारी वहन गर्न कठिन हुने छ । यसले गर्दा विश्वास गुम्ने अवस्था आउने छ ।

धनु
समय अनुकुल रहेको छ । भाग्यको बलियो साथ छ । यसले गर्दा अदम्य साहसको भाव पैदा गर्ने छ । बोलीमा रुखोपना देखिने भएकाले बोलीलाई नरम बनाउनेबारेमा ध्यान दिनु होला । इच्छाशक्तिको अभावका कारण सकारात्मक हुने कामहरुमा पनि आशा गरे जस्तो सफलता कम हुन जाने हुँदा इच्छाशक्ति बढाउनु पर्ने छ । पेशागत जीवनमा विभिन्न अवरोध तथा समस्याहरु उत्पन्न हुने छन् ।

मकर
मनोबल उच्च हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा पनि बृद्धि हुने छ । रिस अध्याधिक उठ्ने भएकाले मिसाजपनामा कमि आउने छ । अरुले टर्राे ब्यक्तिका रुपमा चित्रित गर्ने छन् । आम्दानीमा भने केही बृद्धि हुने छ । पारीवारिक जीवनमा कटुता आउने भएकाले संयमता अपनाउनु होला । शरीरमा रोग ब्याधीले आक्रमण गर्ने समय सक्रिय रहेकाले निकै सतर्कता अपनाउनु पर्ने छ ।

कुम्भ
समय सकारात्मक नै छ । परिवारको सदस्यहरुले भरपुर साथ दिने छन् । जीवनसाथिको साथले मेहनती र पराक्रमी स्वाभावमा बृद्धि हुने छ । यसले आम्दानीमा बृद्धि हुने छ । पेशागत जीवनमा केही शिथिलता आउन जाने छ । मनमा सुख शान्तिको अनुभुति कम हुने भएकाले मनमा सन्तोष लिन जान्नु होला । सवारीसाधन, वाहन तथा मातृ सुख प्राप्त हुने छ ।

मीन
औसत समय रहेको छ । भाग्यको साथ रहेकाले बठिनाईसँग जुध्न तागत मिल्ने छ । परिवारका सदस्यहरुबीच द्वन्द चर्किन जानेछ । एकले भनेको अर्काेले नमान्ने अवस्था आउने छ । बोलीको प्रभाव कम हुने भएकाले बोलीलाई प्रभावकारी बनाउने बारेमा ध्यान दिनु होला । पेशागत जीवनमा अबरोधहरु सामना गर्नु पर्ने छ । आम्दानीमा हुने केही बृद्धिले जरुर राहत दिने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया