शुक्रबार, वैशाख १४, २०८१

पदमुक्त भएसँगै ओली शीतल निवासमा

मेरोन्यूज २०७८ वैशाख २७ गते १८:४४
फाइल फाेटाे

काठमाडौं । संसदमा विश्वासको मत प्राप्त गर्न नसकी स्वत: पदमुक्त भएका प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्ताका लागि शीतल निवास पुगेका छन् ।

विपक्षी गठबन्धनले बहुमतको सरकार गठन गर्न राष्ट्रपतिलाई आग्रह गरिरहेका बेला प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् ।

प्रतिक्रिया