शुक्रबार, वैशाख १४, २०८१

लुम्बिनीका मुख्यमन्त्री विरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता (प्रस्तावसहित)

मेरोन्यूज २०७८ वैशाख २६ गते १२:००

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । उनीविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका सांसदहरूले हस्ताक्षर गरी प्रदेशसभामा अविश्वासका प्रस्ताव दर्ता गरेका स्रोतले जनाएको छ ।

उनीविरुद्ध ४० जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । यसअघि पोखरेलले गत १९ गते दोस्रोपटक मुख्यमन्त्रीको पद तथा गोपनीयताको सपथ लिएका थिए ।

यसअघि गत ६ वैशाखमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । अविश्वासकाे प्रस्ताव दर्ता भएसँगै गत १९ वैशाखमा प्रदशेसभाको विशेष अधिवेशन बोलाइएको थियो । तर, अधिवेशन सुरु हुनुअघि नै पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएर बहुमतको सरकारको दाबी गर्दै दोस्रोपटक मुख्यमन्त्रीको पद तथा गाेपनीयताको सपथ खाएका थिए ।

अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरूले आफूहरूको पक्षमा बहुमत भएको दाबी गरे पनि प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गरेका थिए ।

यस्तो छ मुख्यमन्त्री पोखरेल विरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव

प्रतिक्रिया