शुक्रबार, वैशाख १४, २०८१

प्रधानमन्त्री ओलीले किन बोलाए संवैधानिक परिषद् बैठक ?

मेरोन्यूज २०७८ वैशाख २४ गते १६:०८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । सोमबार संसदमा विश्वासको मत लिन लागेका प्रधानमन्त्रीले आइतबार संवैधानिक परिषद्को बैठक बोलाएका हुन् ।

लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधनिक अंगमा रिक्त पदपूर्तिका लागि सिफारिसका लागि उनले परिषद्को बैठक बोलाएका हुन् । संवैधानिक काम, कर्तव्य र अधिकार सम्बन्धि अध्यादेश ल्याएर प्रधानमन्त्री ओलीले बहुमत सदस्यले नियुक्ति सिफारिस गर्न मिल्ने व्यवस्था गरेका थिए ।

अहिले पनि लोकसेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारी रिक्त छन् । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ पदाधिकारी र निर्वाचन आयोगमा एक पदाधिकारी रिक्त छ ।

संवैधनिक आयोगकै रुपमा रहेको समावेशी आयोगलगायतमा पनि रिक्त पदहरु छन् । ती पदहरुमा नियुक्तिको सिफारिसको छलफलका लागि उनले बैठक बोलाएका हुन् ।

प्रतिक्रिया