शनिबार, वैशाख १५, २०८१

लुम्बिनीमा पाेखरेललाई हटाएर केसीलाई मुख्यमन्त्री नियुक्त गर्न चार दलकाे माग

मेरोन्यूज २०७८ वैशाख २३ गते १९:०५

काठमाडाैं । लुम्बिनी प्रदेशसभामा रहेका मुख्य चार दलले अल्पमतमा रहेका व्यक्तिलाई मुख्यमन्त्रीमा नियुक्त गरिनु असंवैधानिक रहेकाे ठहर गर्दै कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमाेर्चाले बिहीबार पत्रकार सम्मेलन गरी मुख्यमन्त्री शंकर पाेखरेललाई राजीनामा दिन माग गरेका हुन् । उनीहरूले तत्काल प्रदेश सभाको विशेष अधिवेशन बोलाउन पनि माग गरेका छन् ।

प्रतिक्रिया