शुक्रबार, वैशाख १४, २०८१

एमालेले बोलायो स्थायी कमिटी बैठक: के के छन् त एजेन्डा ?

मेरोन्यूज २०७८ वैशाख २३ गते १०:०५

काठमाडौं । सत्तारुढ नेकपा एमालेले प्रतिनिधि सभाको विशेष अधिवेशन र आसन्न राष्ट्रिय सभाको उपनिर्वाचनका लागि उम्मेदवार चयनका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ ।

बैठक विहान १० बजे वालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आगामी सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रधानमन्त्री ओली कै सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको विशेष अधिवेशन आह्वान गरिसकेकी छन् । ओलीको कार्यशैलीप्रति असन्तुष्ट एमाले कै एउटा खेमाले असहयोग गर्ने तयारी गरिरहेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि सहयोग गर्न नसक्ने स्पष्ट पारिसकेको छ । नेकपा माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ भने प्रधानमन्त्रले लिने विशवासको मतको विपक्षमा मतदान गर्ने बताएको छ ।

यिनै पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न र आगामी रणनीति तय गर्न स्थायी कमिटी बैठक बोलाएको एमालेले जनाएको छ ।

प्रतिक्रिया