शनिबार, वैशाख १५, २०८१

पौडी खेल्न गएका युवकको मादी नदीमा डुबेर मृत्यु

मेरोन्यूज २०७८ वैशाख २२ गते ८:२९

तनहुँ । मादी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–२ निवासी २२ वर्षीय सतिश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरीका अनुसार व्यास–७ दुलेपानी सिसौघारी नजिकैको मादी नदीमा मंगलबार दिउँसो पौडी खेल्न गएका अधिकारी डुबेर बेपत्ता भएका थिए ।

घटनाको जानकारी पाएलगत्तै प्रहरीले खोजीकार्य थालेकामा साँझ ५ बजे मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

प्रतिक्रिया