बुधबार, वैशाख २६, २०८१

घरमा आगलागी हुँदा वृद्ध दम्पतिको जलेर मृत्यु

मेरोन्यूज २०७८ वैशाख २० गते ११:२०

काठमाडौँ । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका २ बाम्ती लहरे टोलका मनोहर कार्कीको घरमा गएराति भएको आगलागीमा श्रीमान् र श्रीमतीको मृत्यु भएको हो । राति करिब १२ बजे भएको आगलागीमा ७८ वर्षीय धनबहादुर कार्की र ६८ वर्षीया सीता कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक नवराज ढुंगानाका अनुसार राति अकस्मात घरमा आगलागी भएको थियो । आगलागी हुँदै गर्दा उनका छोरा छोरा ३५ वर्षीय मनोहर, बुहारी ३२ वर्षीया कल्पना र ३ वर्षीया नातिनी स्मारिका भने हाम फालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।

के कारणका आगलागी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया