शनिबार, वैशाख १५, २०८१

अहिलेसम्मकै उच्च कोरोना संक्रमित थपिए, २४ घण्टामा ७ हजार बढीमा पुष्टि

मेरोन्यूज २०७८ वैशाख १९ गते १६:३०

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ७ सात हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ७ सात हजार २११ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

१६ हजार १४७ पीसीआर र ६२३ एन्टिजेन्ट परीक्षण गर्दा ७ हजार २११ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । काठमाडौँ उपत्यकामा ३ हजार ५९५ मा कोरोना संक्रमण देखिएको छ । २४ घण्टामा देशभर १ हजार ६१२ जना कोरोना निको भएका मन्त्रालयले जनाएको छ ।

उनका अनुसार २४ घण्टामा २७ जना संक्रमितको मृत्यु भएको छ । अहिले देशभर ४८ हजार ७११ सक्रिय संक्रमित विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया