शनिबार, वैशाख १५, २०८१

कोरोना संक्रमित पूर्वप्रधानमन्त्री खनाललाई अक्सिजनको सपोर्टमा राखियो

मेरोन्यूज २०७८ वैशाख १८ गते २१:३२

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाललाई अक्सिजन सपोर्ट दिइएको नर्भिक अस्पतालले जनाएको छ । अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै खनाललाई अहिले अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा राखिएको र बाँकी स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

शनिबार पखाला लागेपछि मनमोहन मेमोरियल अस्पतालमा भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको थियो । अस्पतालले नेता खनाललाई थप अक्सिजन सपोर्ट आवश्यक परेको शनिबार साँझ नर्भिक रिफर गरेको छ ।

प्रतिक्रिया