शुक्रबार, वैशाख १४, २०८१

कैलालीबाट अवैध लागुऔषध र कटुवा पेस्तोलसहित ४ जनालाई पक्राउ

मेरोन्यूज २०७८ वैशाख १८ गते १८:०५

कैलाली । लम्कीचुहा नगरपालिका-२ मोतीपुर बस्ने १९ वर्षीय निसान भन्ने दिपक मल्ल समेत ५ जनालाई १ थान कटुवा पेस्तोल, १९ ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट, ५ ट्याब्लेट ट्रामाडोल, ५ ट्याब्लेट एभिल र ४ थान मोबाइल सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले सोही ठाउँ बस्ने काषिराम देवकोटाको घरमा लुकीछिपी बसेको अवस्थामा उनीहरुलाई उक्त पेस्तोल र लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया