शुक्रबार, वैशाख १४, २०८१

शनिवार अहिलेसम्मकै उच्च कोरोना संक्रमित थपिए, १९ जनाको मृत्यु

मेरोन्यूज २०७८ वैशाख १८ गते १७:०६

काठमाडौं । पछिल्लो २४ घण्टामा पाँच हजार ७६३ जनामा कोरोना पुष्टि भएको छ । यो कोरोना संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो । यसअघि
यसअघि सबैभन्दा बढी २०७७ साल कार्तिक ५ गते ५ हजार ७४३ जनामा संक्रमण पुष्टि भएको थियो। शुक्रबार ५ हजार ७२७ जना,बिहिबार चार हजार ९२८ जना ,बुधबार चार हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कूल संक्रमित संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ । कूल मृतक संख्या ३ हजार २९८ पुगेको छ । संक्रमण दर १३.२ प्रतिशत पुगेको छ ।निको हुनेको संख्या २ लाख ८२ हजार ३८२ पुगेको छ ।

प्रतिक्रिया