शनिबार, वैशाख १५, २०८१

१५ वर्षअघि दुर्घटनामा परेको हेलिकप्टर र दुई शव फेला

मेरोन्यूज २०७८ वैशाख १७ गते १७:०४

काठमाडौँ । नेपाली सेनाको टोलीले १५ वर्षअघि दुर्घटनामा परेको हेलिकप्टर र दुई शव फेला पारेको छ । सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टी हेलिकप्टर धौलागिरि हिमालमा भेटेको हो ।

सेनाको टोलीले हेलिकप्टरसँगै दुई वटा शव पनि फेला पारेको हो । हिमाल सफाइमा निस्केको सेनाको टोलीले बिहीबार धौलागिरी बेस क्याम्प नजिकै दुर्घटनाग्रस्त हेलिकप्टर र दुई शव फेला पारेको जनाइएको छ ।

प्रतिक्रिया