शुक्रबार, वैशाख १४, २०८१

पूर्वरानी कोमल शाहको उपचार प्लाज्मा थेरापीबाट

मेरोन्यूज २०७८ वैशाख १७ गते १०:४१


काठमाडौं । पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । बिहीबार साँझदेखि प्लाज्मा थेरापीबाट उपचार थालिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएकी पूर्व रानी शाहलाई हिजो अक्सिजनको मात्रा कम भएपछि आइसियूमा भर्ना गरी उपचार थालिएको थियो ।

नर्भिक इन्टरनेशनल हस्पिटलमा उनको उपचार भईरहेको छ ।

सोही अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने सामान्य छ ।

पूर्वराजा शाह १० दिन लामो भारत भ्रमणबाट फर्किएका थिए । त्यसको केही दिनमै पूर्व राजारानीमै कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया