शुक्रबार, वैशाख १४, २०८१

कोरोना संक्रमणबाट मृत्यु हुने अहिलेसम्मकै उच्च, २४ घण्टामा ३५ जनाको मृत्यु

मेरोन्यूज २०७८ वैशाख १६ गते १७:००

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ । यो संख्या कोभिड संक्रमण अवधिकै उच्च हो ।

यसअघि ०७७ कात्तिक १९ गते सबैभन्दा धेरै ३० जनाको मृत्यु भएको थियो । योसँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ३ हजार २४६ पुगेको छ ।

प्रतिक्रिया