शुक्रबार, वैशाख १४, २०८१

सुदूरपश्चिममा दुई संक्रमितको मृत्यु

मेरोन्यूज २०७८ वैशाख १६ गते १६:०८

डोटी । सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका कैलालीको घोडाघोडी नगरपालिका–१० का ६० वर्षीय पुरूष र लम्कीचुहा नगरपालिका–२ का ३३ वर्षीय पुरूषको मृत्युु भएको हो ।

निर्देशनालयका अनुसार बुधबार अस्पताल भर्ना भएका घोडाघोडीका संक्रमितको आइसीयूमा उपचार भइरहेको थियो । श्वासप्रश्वाससम्बन्धी समस्याले ग्रस्त उनलाई निमोनियासमेत भएको थियो । लम्कीचुहाका संक्रमित वैशाख १४ गते अस्पताल भर्ना भएका थिए । उनमा पनि निमोनिया रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया