शनिबार, वैशाख १५, २०८१

सर्वोञ्च अदालतले आजबाट सिमित सेवा प्रदान गर्ने

मेरोन्यूज २०७८ वैशाख १६ गते १३:५३

काठमाडौँ । सर्वोञ्च अदालतले आजबाट सिमित सेवा प्रदान गर्ने भएको छ । कोरोना महामारीको दोस्रो लहर नेपालममा पनि फैलिएपछि सरकारले आजबाट लागु हु्ने गरी उपत्यकाका तिन जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

यसैलाई मध्ये नजर गर्दैै सर्वोञ्च अदालतले सेवा प्रवाह समित राखेको हो । अदालतले सूचना जारी गर्दै बन्दप्रित्यक्षीकरण सम्बन्धी रिट तथा कोभिडसँग सम्बन्धित र जनस्वास्थसँग सम्बन्धित निवेदनको दर्ता समय विहान ११ बजेदेखी दिउँसो ३ बजेसम्मको लागि तोकेको छ ।

अदालतले बन्दप्रित्यक्षीकरणका निवेदन दिउँसो १ बजे दर्ता भएमा त्यसै दिन र त्यसपछिको समयमा दर्ता भएमा दोस्रो दिन सुनुवाई गर्ने जनाएको छ । अदालबाट हुने सुनुवाईको क्रममा सम्बन्धित मुद्दाका पक्षबाट १र१ जना र कानुन व्यवसायीको तर्फबाट १र१ जना मात्र उपस्थित हुन भनिएको छ ।

प्रतिक्रिया