शनिबार, वैशाख १५, २०८१

आजको राशिफल: वैशाख १६ गते बिहीबार

ज्यो. दिवाकर पन्त २०७८ वैशाख १६ गते ६:१७

काठमाडौं । आज २०७८ वैशाख महिनाको १६ गते बिहीबार, वैशाख कृष्णपक्षको द्वितीया तिथि, उप्रान्त तृतीया तिथि । अब लागौं आजको राशिफल तर्फ

मेष
मनमा अत्याधिक निराशा छाउने छ । उदासिनता बढ्ने छ भने अन्योलताले ग्रस्त बनाउने छ । ब्यक्तित्वमा भने बाहिरबाट हेर्दा दृढता नै देखिने छ । ब्यापार ब्यवसाय तथा पेशामा सन्तोष नै मिल्ने छ । खासगरी निजामति, न्याय क्षेत्र, राजनीति, प्रशासन, उच्च ब्यवस्थापन जस्ता क्षेत्रमा संलग्नहरुमा पेशागत जीवनमा थप जिम्मेबारी निर्वाह गर्नु पर्ने छ ।

वृष
साझेदारमा गरिएका कामहरु पुरा हुने छन् । दाम्पत्य जीवनम मधुरता आउने छ । तर रिस कडा हुने भएकाले रिस नियन्त्रणमा ध्यान दिनु पर्ने छ । आम्दानीमा बृद्धि हुने छ । पेशागत जीवनबाट भाग्योदय हुने छ । पैतृक सम्पत्ति तथा धन सम्पत्ति नोक्सान हुने योग रहेकाले सतर्कतासहित अघि बढ्दा उपयुक्त हुने देखिन्छ । राजनीति तथा प्रशासन क्षेत्रमा सहभागिहरुले संयमिता अपनाउँदा उपयुक्त हुने छ ।

मिथुन
धन सम्पत्तिमा नोक्सान हुने छ । बोलीको प्रभाव कम हुने छ । मनमा उदासिनता र दुबिधा निरन्तर रहने छ । पेशागत जीवन भने सकारात्मक रहने छ । ब्यक्तित्वमा दृढता आउँछ तर रिस पनि उत्तिकै कडा हुने भएकाले रिस नियन्त्रणमा ध्यान नदिए नोक्सानी ब्योहर्नु पर्ने छ । नेतृत्व क्षमतामा बृद्धि हुनेछ भने पेशागत थप जिम्मेबारी निर्वाह गर्ने अवसर मिल्ने छ ।

कर्कट
समय अनुकुल देखिन्छ । भित्रि बुद्धि जागृत हुने भएकाले देखा परेका जटिलता समाधानमा जान मनमा दृढता उत्पन्न हुने छ । आफ्नो मेहनतबाट अघि बढ्ने र कार्य सम्पन्न गर्ने बानी उत्पन्न हुने देखिन्छ । मेहनत र लगनशिलतामा बृद्धि हुने छ, जसले काममा जाँगर उत्पन्न गराउने छ । साझेदारीमा गरिएका कार्यहरु अनुकुल रहने छन् ।

सिंह
सकारात्मक बेला रहेको छ । भाग्यका दरिलो साथ रहेकाले थप जिम्मेबारी प्राप्त हुने छ । आँटेका कामहरु पुरा हुनेतर्फ जाने छन् । नेतृत्व क्षमतामा निखारता आउने छ । साझेदारहरुको रुचि र प्राथमिकता बाझिने भएकाले साझेदारीमा गरिएका कार्यहरुमा उल्झन तथा बिबादहरु उत्पन्न हुने छन् । दाम्पत्य जीवनमा केही निराशा आउला ।

कन्या
कमाउनु पर्दछ, आफ्नो सपना पुरा गर्नु पर्दछ भन्ने विषयमा मेहनत र पराक्रमी स्वाभाव बन्ने छ । धन सम्पत्ति नोक्सान हुने योग रहेकाले उच्च सतर्कतासहित मात्र अघि बढ्नु पर्ने समय छ । छोटो यात्रामा निस्कनु पर्ने हुन सक्छ । भाग्यहिनताको अनुभुति भइरहने छ । यसले गर्दा थालिएका कामहरु सम्पन्न हुन कठिन हुन जाने छ । साझेदारीका कार्यहरुमा दुविधा र द्वन्द चर्कने छ ।

तुला
समय अनुकुल रहेकाले मनमा सन्तोष मिल्ने छ । शान्त ब्यक्तित्व हुने छ । यसले गर्दा अरुको मन जित्न सकिने छ । बोलीको प्रभाव बढ्न जाने छ । बोली प्रिय हुने भएकाले बोलीलाई अग्रसर बनाएर काम गरेमा सफलतातर्फ जाने छ । पेशागत जीवनबाट धन, सम्पत्ति तथा वित्तिय अवस्थामा बृद्धि हुन पुग्ने छ । नेतृत्व क्षमतामा पनि बृद्धि हुने छ ।

वृश्चिक
भाग्यको साथ रहेकाले मनमा दृढता बढ्ने छ । प्रतिकुल अवस्थामा पनि मनमा उत्साह रहनाले प्रतिकुलतासँग जुध्न तागत प्राप्त हुने छ । शान्त स्वाभावको ब्यक्तित्व हुने छ । पेशागत जीवनका विषयमा भने केही द्वन्द र बादबिबाद बढ्न सक्ने समय रहेकाले ध्यान दिनु होला । नेतृत्व क्षमतामा कमि आउने छ । राजनीतिक क्षेत्रमा रहेकाहरुको हकमा प्रतिष्पर्धीहरुसँग निकै जुध्नु पर्ने हुन सक्छ ।

धनु
मन उदास हुन पुग्ने छ । यसले गर्दा राति निन्द्रामा पनि समस्या आउन जाने छ । मन प्रफुल्ल बनाउने प्रकारको संगीत, भजन, गीत आदी श्रवण गर्दा शान्ति प्राप्त हुने छ । भाग्यको साथ रहनाले ब्यावाहारिक जीवनमा संघर्ष गर्न आँट आउने छ । दाम्पत्य जीवनमा प्रेम बढ्ने भएता पनि बादबिबाद पनि हुने देखिएकाले विचार गर्दा वाञ्छनीय हुने छ । पेशागत जीवनमा सन्तोष प्राप्त हुने छ । साझेदारीमा गरिएका कामहरु सकारात्मक रहने छन् ।

मकर
ब्यक्तित्वमा दृढता थपिने छ । रिसको मात्रा पनि अत्याधिक हुने भएकाले शान्त रहने प्रयास गर्नु होला । आम्दानीमा बृद्धि हुने छ । जीवनमा राखिएका सपनाहरु पूरा हुनेतर्फ अघि बढ्ने छन् । साझेदारीका कार्यहरु पनि प्रगतितर्फ जाने छन् । थप जिम्मेबारी प्राप्त हुने योग छ । जीवनसाथिको साथसहित काम गरेमा उक्त कामले लाभ प्रदान गर्ने छ ।

कुम्भ
आम्दानीमा बढोत्तरी हुने छ । जीवनमा राखिएका सपना, महत्वाकांक्षाहरु पुरा हुनेतर्फ अघि बढ्ने छन् । पैतृक सम्पत्ति तथा धन सम्पत्तिको परिचालनबाट लाभ मिल्ने छ । कार्यालय सम्बन्धी केही स–साना विषयमा द्वन्दको अवस्था निम्तिन सक्ने समय भएकाले विचार पु¥याउनु होला । सामान्यतया पेशागत जीवन स्थिर नै रहने छ । मेहनति र पराक्रमी स्वाभावमा बृद्धि हुने छ ।

मीन
मनमा दृढता आउने छ । भाग्यको बलियो साथ रहेको छ । पेशागत जीवनमा भने उतार चढाव आउने छ । ब्यक्तित्वमा दृढताको कमि आउने छ । आम्दानीमा भने केही बृद्धि हुने भएकाले यस विषयले भने केही सन्तोष दिने छ । बोली अत्याधिक कडा हुने भएकाले परिवारमा द्वन्द निम्तिन जाने छ । धन सम्पत्ति तथा पैतृक सम्पत्तिका विषयमा द्वन्द र विवाद चर्कने भएकाले बाणिमा संयमता अपनाएमा त्यस्तो अवस्थाबाट बच्न सकिने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया