शुक्रबार, वैशाख १४, २०८१

कोरोना संक्रमण बढेसँगै ३ लाखले छाडे काठमाडौँ उपत्यका

मेरोन्यूज २०७८ वैशाख १५ गते १३:४८

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट फैलिएसँगै काठमाडौँ उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी गरेपछि २ दिनमा करिब एक लाख जना काठमाडौंबाट बाहिरिएका छन् । सरकारले उपत्यकामा दुई साताका लागि निषेधाज्ञा जारी गरेपछि उपत्यका छाड्नेको संख्या बढेको हो ।

उपत्यकाबाट मंगलबार ५१ हजारले बाहिरिएको महानगरीय ट्राफिक महाशाखाको तथ्यांकमा उल्लेख गरिएको छ । जसमा नागढुंगा नाकाबाट मात्र ४५ हजार ७ सय ७५ जना, फर्पिङबाट ४५ जना, भक्तपुर तथा मुड्कुबाट ६ हजार ३ सय ६० जना बाहिरिएका छन् ।

यस्तै, सोमबार ५० हजारले उपत्यका छाडेका थिए । कोरोना संक्रमण बढेसँगै १० गतेदेखि नै उपत्यका छोड्नेको संख्या बढेको थियो । गत १० देखि १४ गतेसम्म करिब ३ लाख जना काठमाडौँ उपत्यका छाडेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया