बिहीबार, वैशाख २०, २०८१

टेकु अस्पतालमा ३१५ को परीक्षण गर्दा १४३ जना पोजिटिभ

अस्पतालका निर्देशक भन्छन् 'अहिलेसम्मकै उच्च हो'

मेरोन्यूज २०७८ वैशाख १४ गते १८:०१

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर गरेकामा ४५.३९ प्रतिशतमा कोरोना पुष्टि भएको छ । अस्पतालमा ३ सय १५ जनाको पीसीआर परीक्षण गर्दा एक सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले बताए ।
यो अहिलेसम्मकै उच्च रहेको उनले बताए । उनलेभने “ कोरोना संक्रमित भएकाहरूको सिटी भ्यालु पनि १३.१४ देखिएको छ । संक्रमण पुष्टि हुनेमा ६ वर्षदेखि ८० वर्षसम्मका छन्,३ महिनाअघि ४२ प्रतिशत संक्रमित देखिएको थियो ।”

प्रतिक्रिया