शनिबार, वैशाख १५, २०८१

मन्त्री रायमाझीलाई कोरोना संक्रमण पुष्टि

मेरोन्यूज २०७८ वैशाख १४ गते १२:४९

काठमाडौँ । जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ । गृहजिल्ला अर्घाखाँचीमा भएको एक कार्यक्रममा सहभागी भई काठमाडौं फर्किए उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्री रायमाझीलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ । उनलाई कोरोनाको लक्षणसमेत देखिएकाले वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरिएको सचिवालले जनाएको छ ।

प्रतिक्रिया