शनिबार, वैशाख १५, २०८१

आजको राशिफल: वैशाख १४ गते मंगलबार

ज्यो. दिवाकर पन्त २०७८ वैशाख १४ गते ६:१४

काठमाडौं । आज २०७८ साल वैशाख महिनाको १४ गते मंगलबार, चैत्र पूर्णिमा तिथि । आज हनुमानजयन्ती तथा बालाजु बाइसधारा मेला । अब लागौं आजको राशिफल तर्फ ।

मेष
समय अनुकुल रहेको छ । पेशागत तथा ब्यावसायिक जीवनमा आत्मविश्वास बढ्न जाने छ । राजनीति, प्रशासन, ब्यवस्थापन जस्ता क्षेत्रमा प्रगति हुने छ । ब्यक्तित्वमा निखार आउने भएकाले नेतृत्व क्षमतामा बृद्धि हुने छ । आम्दानीमा पनि बृद्धि हुन पुग्ने छ । तर तल्लो पेट र प्रसुतिसँग सम्बन्धित विषयमा सतर्क रहनु होला ।

वृष
रिस कडा हुने छ । अस्वाभाविक सुरोपना आउने भएकाले धेर्य भएर मात्र अघि बढ्दा उपयुक्त हुने छ । सुखको अभाव हुन जाने छ । आम्दानीमा हुने केही फाइदाले थोरै भए पनि राहत प्रदान गर्ने छ । पेशागत जीवनमा पनि सकारात्मक प्रगति हुने छ ।

मिथुन
पेशागत जीवन सकारात्मक रहेता पनि भाग्यको साथ कम हुने भएकाले कार्य सम्पन्न हुन अलि बढि नै मेहनत गर्नु पर्ने देखिन्छ । ब्यक्तित्वमा दृढता आउँछ तर कतिपय अवस्थामा ब्यक्तित्व अनावश्यक कडाखाले हुने भएकाले विचार पुर्‍याउँदा उपयुक्त हुने छ । धन, धान्य तथा पैतृक सम्पत्तिबाट एक हदसम्म अनुकुल रहने छ । नेतृत्व क्षमतामा बृद्धि हुन्छ, थप जिम्मेबारी पनि प्राप्त हुने योग छ ।

कर्कट
सुखको अवस्था उत्पन्न हुने छ । आफ्नो मेहनतले सुखको अवस्था निम्त्याउन हरदम प्रयास गर्ने स्वाभाव हुने छ । लगनशिलता र मेहनतमा बृद्धि हुँदै जाने छ । दाम्पत्य जीवनमा मिठासपना आउने छ । साझेदारीमा गरिएका कार्यहरु अनुकुल रहने छन् । राजनीति र प्रशासनीक निकायमा संलग्नहरुको हकमा समय अनुकुल छ ।

सिंह
समय अनुकुल रहेको छ । भाग्य बलियो छ । यात्रामा भने बाधा ब्यवधानहरु उत्पन्न हुन जाने छन् । दाम्पत्य जीवनमा समस्याहरु उत्पन्न हुने छन् । साझेदारीमा गरिएका कामहरुमा स–साना समस्याहरु देखा पर्न थाल्ने छन् । पेशा तथा ब्यापार ब्यवसायमा केहि संघर्ष गर्नु पर्ने अवस्था रहेको छ ।

कन्या
बोलीमा नरमपना र शितलता आउने छ । बोलीको प्रभावका कारण धन सम्पत्तिमा बृद्धि हुने भएकाले बोलीलाई सदुपयोग गर्दा राम्रो । आयात निर्यात, जल, डेरी, औषधी जस्ता ब्यवसायमा संलग्नहरुलाई फाईदा हुने छ । ब्यक्तित्वमा निखारता आउने छ । नेतृत्वमा अपजस आउने छ र उपयुक्त नेतृत्व गर्न सक्ने क्षमतामा कमि आउने छ ।

तुला
शान्त स्वाभावको ब्यक्तित्व हुने छ । जीवनसाथिको साथ सहित काम अघि बढाएमा भाग्योदय हुने छ । आम्दानीमा बृद्धि हुने छ । पेशागत जीवनमा अनुकुल अवस्था देखिन्छ । साझेदारीका कार्यहरु प्रगति तर्फ जाने छन् । ब्यवस्थापकीय तहमा कार्यरतहरुको क्षमतामा बृद्धि हुने छ ।

वृश्चिक
समय केही प्रतिकुल रहेको छ । भाग्य कमजोर रहेकाले थालिएका कार्यहरु पूरा हुनु कठिन हुने छ त्यसैले पूर्ण संकल्पसहित मात्र नयाँ कार्य आरम्भ गर्नुहोला । पेशागत जीवनमा पनि बादबिबाद तथा कठिनाई सामना गर्नु पर्ने छ । संयमित रहेर मात्र छलफल वा निर्णय प्रकृयामा सहभागि भएमा सम्भावित नकारात्मकताबाट जोगिन मद्धत पुग्ने छ ।

धनु
आम्दानीमा सोचे जस्तो प्रगति हुने छैन् । ब्यापार ब्यवसायमा धेरै जोखिमका गतिबिधि भन्दा कम जोखिम लिँदा राम्रो । परिवारको साथ भरपुर रहनाले कठिनाईसँग जुध्न तागत मिल्ने छ । पेशागत जीवनमा उत्पन्न बाधाहरु क्रमशः हट्दै जाने छन् । भित्रि बुद्धिको चलायमान बढ्न जाँदा नेतृत्व, ब्यवस्थापनमा सफलता मिल्ने छ ।

मकर
ब्यक्तित्वमा निखारता आउने छ । रिसको मात्रा पनि अत्याधिक हुने भएकाले रिस नियन्त्रणमा ध्यान दिन नसके उक्त उर्जाले नकारात्मक प्रभाव दिने छ । उच्च ब्यवस्थापकीय जिम्मेबारीमा कार्यरतहरुको हकमा निर्णय क्षमतामा कमि आउने छ । जीवनसाथिको साथ लिएर अघि बढेमा कार्यहरु अनकुल रहने छन् । साझेदारीमा गरिएका कामहरुले प्रतिफल दिने छन् ।

कुम्भ
समय शुभ रहेको छ । पैतृक सम्पत्ति तथा धन सम्पत्तिका विषयबाट लाभ मिल्ने छ । आम्दानीमा बृद्धि हुने छ । पेशागत जीवन पनि अनुकुल रहने भएता पनि केही नसोचिएका समस्याहरु निम्तिन सक्ने चुनौति भने रहेको देखिन्छ । छाति, माथिल्लो पेट, स्तन जस्ता विषयमा सतर्क रहनु होला । पारीवारिक विषयमा सन्तोष प्राप्त हुने छैन् ।

मीन
मनमा चिन्ता थपिने छ । मन उदास रहने छ । पेशात जीवनमा प्रतिकुलताहरु देखा पर्न जाने छन् । जीवनसाथिको साथ लिएर अघि बढेमा कठिनाईसँग जुध्ने तागत प्राप्त हुने छ । ब्यापार ब्यवसायमा नोक्सानीको अवस्था निम्तिने छ । भाग्यहिनताको अनुभुति हुने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया