शुक्रबार, वैशाख १४, २०८१

सशस्त्र प्रहरीका एआइजीद्धयको पदावधी थप

मेरोन्यूज २०७८ वैशाख १३ गते २०:३२


काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्क्त प्रहरी महानिरीक्षक (एआईजी) द्धय पुष्पराम केसी र रामशरण पौडेलको पदावधी एक वर्ष थपिएको छ ।
एआईजीको ४ वर्षे पदावधी आगामी वैशाख २० गते सकिन लागेका एआइजीद्धयको आज बसेको मन्त्रीपरिषद् बैठकले एक वर्ष पदावधी थप गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

सशस्त्रमा एआईजीको पदावधी ४ वर्षको हुने गर्छ । एआईजीको पदावधी ४ वर्ष पुरा भएपछि सशस्त्र प्रहरीको नियमावली नियम ६५ को २ अनुसार १ वर्ष थप्न गर्न सक्ने व्यवस्था नियममा छ । सोही प्रवधानअनुसार उनीहरुको पदावधी थपको प्रस्ताब गृह मन्त्रालयले आजको मन्त्रीपरिषदमा लगेको थियो ।

प्रतिक्रिया