शुक्रबार, वैशाख १४, २०८१

त्रिविको सबै परीक्षा स्थगित गर्ने निर्णय

मेरोन्यूज २०७८ वैशाख १३ गते १६:२२

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्दै आएको परीक्षा मंगलबारदेखि स्थगित हुने भएको छ । त्रिविले सूचना निकालेर परीक्षा स्थगित गरेको जनाएको हो ।

हाल त्रिविअन्तगर्तका स्नातक तह दोस्रो वर्षको परीक्षा चलिरहेको छ । यस्तै, व्यवस्थापन संकायको परीक्षा सकिएको छ भने अन्य संकायको परीक्षा सञ्चालन भइरहेको थियो ।

आइतबार बसेको सिसिएमसीको बैठकले कोरोना भाइरसको संक्रमण तीव्र भइरहेकाले सबै परीक्षा स्थगित गर्न सरकारसँग सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया