शुक्रबार, वैशाख १४, २०८१

पोखराबाट १८ जुवाडे पक्राउ

मेरोन्यूज २०७८ वैशाख १२ गते १८:०१

पोखरा । पोखराबाट ६ लाख २४ हजार रकम सहित १८ जुवाडे पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पोखरा चापापानीबाट जुवातास खेलिरहेको अवस्थामा ६ लाख २४ हजार ९४६ रकमसहित १८ जनालाई पक्राउ गरेको हो ।

जुवाको खालबाट ८ बुक तास, ६४ थान कौडा, तीन लाख र १ लाख पचास हजारका छुट्टाछुट्टै चेक, पाउण्ड स्ट्रलिङ २० डलर, ७ अमेरिकन डलर र ४ हजार ७ सय भारतीय रुपैया बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया