शुक्रबार, वैशाख १४, २०८१

आफैँ सजग हुन स्वास्थ्य मन्त्रलायको अपिल

मेरोन्यूज २०७८ वैशाख १२ गते १५:५५

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनता आफैँ सजग हुन अपिल गरेको छ। मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र (सिसिएमसी) लाई लकडाउन गर्न सिफारिस गरेको थियो ।

तर सरकारले आइतबार तत्काल लकडाउन नगर्ने निर्णय गरेको छ । भारतमा जस्तो अप्रिय घटना नहोस् भनेर जनताहरुलाई तोकिएको मापदण्ड पालना गर्न मन्त्रालयले अपिल गरेको छ।

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले कोरोना संक्रमणको फैल्न रोक्न सकिएन र यही गतिमा फैलिँदै गएमा केही दिनमै अस्पतालमा विरामी राख्ने ठाउँनहुने बताए । सबै अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्ने, भिडभाड, समारोहमा नजान र कुनै कार्यक्रम नगर्न उनले आग्रह गरे ।

प्रतिक्रिया