शुक्रबार, वैशाख १४, २०८१

कोरोनाबाट गुल्मी र अर्घाखाँचीमा दुई जनाको मृत्यु

मेरोन्यूज २०७८ वैशाख १२ गते ९:२४

अर्घाखाँची । कोरोना संक्रमणबाट गुल्मी र अर्घाखाँचीमा दुई जनाको मृत्यु भएको छ ।

गुल्मीको छत्रकोट गाउँपालिका–३ का ४५ वर्षीय पुरुषको गएराती घरमै निधन भएको हो । उनी वैशाख २ गते भारतबाट घर आएका थिए । भारतबाट आउँदा नै उनलाई ज्वरो आएको थियो ।

होम आइसोलेसनमा बसेका उनको राती निधन भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन ।

यस्तै अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१९ धनचौरका ५८ वर्षीय पुरुषको शुक्रवार निधन भएको छ ।

रुघाखोकी र ज्वरो आएका उनको घरमै मृत्यु भएको हो । कोरोना संक्रमणबाट अर्घाखाँचीमा हालसम्म १७ जना र गुल्मीमा १५ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया