शनिबार, वैशाख १५, २०८१

फागुनभित्रै स्थानीय तहको चुनाव हुन्छ : ओली

मेरोन्यूज २०७८ वैशाख १० गते १६:००

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव गराउने बताएका छन् ।

एमालेको बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले स्थानीय तहको चुनावी तयारीमा लाग्न निर्देशन दिएका छन् ।

फागुनभित्रै स्थानीय तहको चुनाव हुने भन्दै ओलीले आजैबाट तयारीमा जुट्न निर्देशन दिएको बताइएको छ । स्थानीय चुनावबारे प्रधानमन्त्री ओली पहिलो पटक बोलेका हुन् ।

प्रतिक्रिया