शुक्रबार, वैशाख १४, २०८१

माओवादीबाट निष्कासित सबै सांसदलाई उपनिर्वाचनमा जिताइने ओलीको प्रतिबद्धता

मेरोन्यूज २०७८ वैशाख १० गते १५:५४

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गरेका माओवादीका पूर्व सांसदहरुलाई निर्वाचन गराएर जिताउने बताएका छन् ।

आज बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले माओवादी त्याग गरेर आएका सबै सांसदको संरक्षण एमालेले गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । नेकपा माओवादी केन्द्रले निष्कासन गरेपछि ती सांसदहरुको पद गुमेको थियो ।

सांसद पद गुमे पनि संविधान अनुसार ६ महिनाको लागि मन्त्री पदमा पुन नियुक्ति भएका छन् । निर्वाचनमा पराजित भए ६ महिना पछि मन्त्री पद स्वत जाने छ ।

प्रतिक्रिया