शुक्रबार, वैशाख १४, २०८१

कर्णालीका ‘फ्लोर क्रस’ गर्ने ४ सांसदको पद खोस्ने एमालेको निर्णय

मेरोन्यूज २०७८ वैशाख १० गते १४:१३

काठमाडौं । नेकपा एमालेले कर्णालीका ४ सांसदको पद खोस्ने औपचारिक निर्णय गरेको छ । केन्द्रीय महाधिवेशन आयोजक कमिटीको आज बसेको बैठकले कर्णालीका मुख्यमन्त्री महेन्द्र वहादुर शाहीलाई विश्वासको मत दिएका प्रकाश जवाला सहित अहिले मन्त्री बनेका अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टी सदस्य र सांसद सदस्य समेत नरहने गरी कारवाही गर्ने निर्णय गरेको हो ।

कारवाहीको पत्र प्रदेश सचिवालयलाई लेख्ने निर्णय एमालेको छ ।

कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरी माओवादी सरकार जोगाइदिने काम यी चार नेताले गरेका थिए । प्रदेश कमिटीले नै उनीहरुलाई कारवाहीको सिफारिस गदै केन्द्रलाई पत्र पठाएको थियो ।

कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर पछि मत सच्याएकी देवी ओलीलाई भने फेरी पनि स्पष्टीकरण सोध्ने निर्णय पनि एमालेको छ ।

प्रतिक्रिया