शनिबार, वैशाख १५, २०८१

प्रचण्ड भन्छन् : ओली गलत प्रवृतिका नायक थिए, उनलाई गलहत्याएकै हौं

मेरोन्यूज २०७८ वैशाख ९ गते १३:३२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कम्युनिष्ट आन्दोलनका गलत प्रवृत्तिलाई पार्टीबाट गलहत्याको बताएका छन् । एमाले–माओवादी अलग वाटो लाग्नु अगाडी नेकपाबाट प्रधानमन्त्री केपी ओलीलाई हटाईएको प्रसंग सुनाउँदै प्रचण्डले गलत प्रवृतिका नाष्कलाई गलहत्याइएको वताएका हुन् । ओलीलाई प्रचण्डले गलत प्रवृतिका नायकका रुपमा चित्रित गदै उनलाई गलहत्याइएको बताएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाडामा आयोजित कार्यक्रमलाई सम्वोधन गदै प्रचण्डले कम्युनिस्ट पार्टीमा आफूहरुले ७० प्रतिशतलाई एक ठाउँमा कमाण्ड गरेको भए पनि एक तिहाइ लिएर बसेकाहरुले विदेशी शक्तिहरुको आडमा संविधान, कानून र सबै मूल्यमान्यता मिचेको वताएका हुन् ।

प्रचण्डले कम्युनिस्ट पार्टीमा आफूहरुले ७० प्रतिशतलाई एक ठाउँमा कमाण्ड गरेको भए पनि एक तिहाइ लिएर बसेकाहरुले विदेशी शक्तिहरुको आडमा संविधान, कानून र सबै मूल्यमान्यता मिचेको जिकिर गरे ।

प्रचण्डले भने,–‘‘हामीले पार्टी एकता गर्दा पनि कम्युनिस्ट पार्टीको झण्डै ७० प्रतिशतलाई एक ठाउँमा कमाण्ड गरेकै थियौं । गलत प्रवृत्तिको नायकलाई हामीले गलहत्याएकै थियौं । निकालेकै थियौं पार्टीबाट वैधानिक ढङ्गले । आधिकारिक रुपमा कानुन सम्मत तरिकाले नै गलत प्रवृतिका खलनायकहरुलाई निकालेकै हो । त्यहाँ हामी पराजित भएको होइन । पराजित उनीहरु भए, जल्ले प्रतिक्रान्तीको बाटो हिडे । जसको साथमा पार्टीको बहुमत थिएन । बहमुत मात्र होइन एक तिहाइ लिएर बसेकाहरु विदेशी शक्तिहरुको आडमा मात्रै उनीहरुले कानून मिच्ने, संविधान मिच्ने, सबै मूल्यमान्यता मिच्ने काम भएको छ ।’

ओलीलाई पार्टी र संसदीय दलवाट हटाउँदा बैधानिक ढंगबाटै हटाएको पनि प्रचण्डको भनाई थियो ।

‘ विलकुल वैधानिक र आधिकारिक रुपमा, कानुनी रुपमा काम गरेका थियौं हामीले । यसलाई सबैले ध्यान दिन जरुरी छ । यो के भयो नेपालमा रु कल्ले गर्‍यो यो, बिचित्रको नौटङ्की कताबाट आयो रु’ प्रचण्डले भने ।

नेकपाको विभाजन रोक्न नसकिएपनि आफुहरु पराजित नभएको प्रचण्डको भनाई थियो ।

माओवादी केन्द्र कमजोर नभएको तर्क गदै उनले भने,-‘हामी कमजोर भएका चाहिँ छैनौं । माओवादी आन्दोलन, नेकपा माओवादी कमजोर भएको छैन् ।’

प्रतिक्रिया