शनिबार, वैशाख १५, २०८१

ओलीसँग भट्टराईले गरे पार्टी बचाउन आग्रह

मेरोन्यूज २०७८ वैशाख ८ गते १६:५४

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेता योगेश भट्टराई बालुवाटार पुगेका छन् ।

बालुवाटार पुगेर भट्टराईले ओलीसँग पार्टी एकता जोगाउन आग्रह गरेको जनाइएको छ । ओलीले मंगलबार भट्टराईसहित ३२ सांसदलाई दुई दिने अल्टिमेटमसहित स्पष्टीकरण सोधेका थिए ।

माधवकुमार नेपाल समूहको बैठक बसेर उक्त स्पष्टीकरणलाई पार्टी विभाजनको प्रयास गरिएको निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया