शनिबार, वैशाख १५, २०८१

बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

मेरोन्यूज २०७८ वैशाख ८ गते ११:४०

पर्सा । बालिका बलात्कार गरेको आरोपमा वीरगञ्जबाट प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । सोमबार वीरगञ्ज महानगरपालिका–२४ मा बाबु आमा नभएको मौका परेर ३६ वर्षीय प्रमोद सर्राफले ७ वर्षीया बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

छिमेकीकी छोरीलाई १० रुपैयाँ दिएर फकाउँदै आफ्नो घरमा लगेर बलात्कार गरेका सर्राफलाई बालिकाकी बावु–आमाले दिएको सूचनाको आधारमा प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया