शनिबार, वैशाख १५, २०८१

चितवनमा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

मेरोन्यूज २०७८ वैशाख ८ गते ७:५३

चितवन । चितवनको राप्ती नगरपालिकामा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–३ झुरझुरेकी ७२ वर्षीया मेनुका ओली रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।

लोथरबाट खैरहनीतर्फ आउँदै गरेको बा ३ च २१८७ नम्बरको बोलेरोले राप्ती नगरपालिका–३ झुरझुरेमा पैदलयात्री ओलीलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते ओलीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

बोलेरोले ओलीलाई मङ्गलबार साँझ साढे ६ बजे ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएकी ओलीको राति साढे १२ बजे मृत्यु भएको हो ।

ओलीलाई ठक्कर दिने बोलेरो र चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया