शुक्रबार, वैशाख १४, २०८१

कोरोना भाइरस विरुद्ध दोस्रो डोज खोप लगाउने आज दोस्रो दिन

क–कसको पालो छ त आज ?

मेरोन्यूज २०७८ वैशाख ८ गते ६:५३

काठमाडौं । कोरोना भाइरस विरुद्ध पहिलो डोज खोप लिएका लक्षित व्यक्तिलाई आज पनि दोस्रो डोज लगाइदै छ । दोस्रो दिन आज माघ १८, १९, २०, २१ र २२ तथा फागुन २ गते पहिलो डोज खोप लिएकालाई दोस्रो डोज खोप दिने स्वास्थ्य सेवा भिागले जनाएको छ ।

खोप अभियान सुरु भएपछि पहिलो चरणमा खोप लगाएकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज लिन सकिने स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाले जनाएको छ ।

शाखाका प्रमुख डा . झलक शर्मा गौतमले पहिलो मात्रा कोभिसिल्ड खोप लगाएका ४ लाख ३९ हजारलाई दोस्रो डोज दिइने जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयले गत माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो ।

माघ १४ देखि फागुन १० गतेसम्म पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाइएको थियो । मन्त्रालयले खोप लगाउने विभिन्न अस्पतालहरु तोकिदिएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आफूलाई पायक पर्ने स्थानमा गएर खोप लगाउन सकिने छ ।

प्रतिक्रिया