शनिबार, वैशाख १५, २०८१

आजको राशिफल: वैशाख ८ गते बुधबार

ज्यो. दिवाकर पन्त २०७८ वैशाख ८ गते ६:४२

काठमाडौं । आज २०७८ वैशाख महिनाको ८ गते बुधबार, चैत्र शुक्लनवमी तिथि । आज श्रीरामनवमी, श्रीरामजयन्ती तथा श्रीराम यात्रा । अब लागौं आजको राशिफल तर्फ ।

मेष
पराक्रम बढ्ने छ । नेतृत्वदायि भुमिका मिल्ने छ । बाणिमा रुखोपन बृद्धि हुने भएकाले संयमित हुँदा वाञ्छनीय हुनेछ । सुख बृद्धि हुने छ भने घर घडेरी बहनसम्बन्धी सुख प्राप्त हुने छ ।
पेशागत सफलता प्राप्त हुने छ ।

वृष
तल्लो पेट सम्बन्धी विषयमा सतर्क रहनु उपयुक्त हुन्छ । छिटो छिटो रिस उठ्ने भएकाले रिस नियन्त्रणमा ध्यान दिँदा पेशागत जीवनमा स्थिरता हुने छ । भाग्यको साथ रहने छ ।
ब्यापार विजनेशको क्षेत्रमा संलग्नहरुको हकमा पनि लाभ मिल्ने देखिन्छ ।

मिथुन
आम्दानी बृद्धि हुने छ । ब्यक्तित्वमा निखारता आउने भएकाले ब्यक्तित्वको प्रभाव बढ्ने छ । शत्रुसँग जुध्ने शक्ति हुने भएकाले प्रतिष्पर्धात्मक विषयहरुमा विजय हुने छ । श्रमसम्बन्धी उल्झनले भने समस्या निम्त्याउने छ ।

कर्कट
मनमा आउने दृढतासँगै शितल स्वाभावमा हुने वृद्धिले ब्यक्तिप्रति सबैले सहज रुपमा स्वीकार्ने छन् । राजनीतिक लाभ प्राप्त हुने छ । अध्ययन अध्यापनमा मन लाग्ने छैन् । पाचन प्रणाली तथा जण्डिस जस्ता विषयमा सतर्क रहनु पर्ने छ ।

सिंह
घर, गाडि, बाहन जस्ता विषयमा विभिन्न खाले समस्याहरु देखा पर्ने छन् । भित्रि बुद्धिका कारण साझेदारीमा एक हदसम्मको सफलता प्राप्त हुने छ । दाम्पत्य जीवनमा भने समस्याहरु देखा पर्न जाने छ । भाग्यको साथ छ । पेशागत जीवनमा बादबिबादबाट बच्दा फाइदा हुने छ ।

कन्या
निर्णय क्षमतामा मन्दता आउने छ । नेतृत्वमा निखारता नआउँदा आफूलाई पछ्याउनेहरुको विश्वासमा कमि आउन जाने छ । धन सम्पत्तिका विषयमा उल्झनहरु उत्पन्न हुन जाने छन् । लेखा परीक्षण, लेखापाल, गणित, आयात निर्यातमा संलग्नहरुको हकमा आम्दानी बढ्न जाने छ ।

तुला
पारीवारिक जीवनमा निराशा देखा पर्ने छ । पेशागत जीवनमा उन्नति हुने भएकाले आफ्नो पेशाप्रति मनमा गौरव उत्पन्न हुने छ भने कर्मशिलतामा पनि बृद्धि हुने छ । पदोन्नतिका अवसरहरुका लागि उच्च मूल्यांकन हुने छ ।

वृश्चिक
दाम्पत्य जीवनमा बादबिबाद बढ्ने छ । शरीरमा आलस्यता बढ्ने भएकाले कार्य सम्पादनमा जाँगर कम हुन पुग्ने छ । भाग्यको साथका कारण त्यत्ति निराश भइहाल्नु पर्ने अवस्था भने छैन् । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ ।

धनु
पारीवारिक सुख मिल्ने छ । दाम्पत्य जीवनमा आक्रामकता बृद्धि हुन पुग्ने भएकाले दम्पत्ति संयमित भएमा बिबादबाट बच्न सकिने छ । भाग्यको साथका कारण जोमियुक्त कार्यहरु जस्तै राजनीति, ठेक्कापट्टा, इन्जिनियरिक आदीमा संलग्नहरुले भने लाभ प्राप्त गर्ने छन् ।

मकर
जीवनमा देखा परेका समस्या समाधानमा जीवनसाथिको साथले निकै ठुलो मद्धत पुग्ने छ । माछा मासु खाँदा शरीरमा एलजी हुन सक्ने भएकाले सतर्क रहँदा उपयुक्त हुने छ । व्यक्तित्वमा निखारता आउने भएता पनि कडा खालको ब्यक्तित्व हुन पुग्ने छ । सूचना प्रविधि अध्ययनरत विद्यार्थीहरुले सफलता प्राप्त गर्ने छन् ।

कुम्भ
घर घडेरीको क्षेत्रबाट लाभ प्राप्त हुने छ । बौद्धिकता तथा सैद्धान्तिक ज्ञान आर्जनमा सफलता मिल्ने छ । मुटु, फोक्सो, छाति, स्तन सम्बन्धी विषयका रोगले सताउने छ । मन उदास रहने छ । मनमा अस्वाभाविक विचारहरु आउनाले निन्द्रामा समस्या देखा पर्ने भएकाले कार्य क्षमतामा कमि ल्याउने छ ।

मीन
ब्यक्तित्वमा कमि आउने छ । घर, घडेरी, सेना, प्रहरी, खेलाडी जस्ता पेशागत क्षेत्रमा संलग्नहरुले लाभ प्राप्त गर्ने छन् । अध्ययन अध्यापनको क्षेत्रमा प्रगति हुने छ । पारीवारिक दायित्व प्राप्त हुने छ तर आफूले निर्वाह गरेका जिम्मेवारीको कदर भने कम नै हुन जाने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया