शनिबार, वैशाख १५, २०८१

बाँकेमा ६ कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडा कार्यालय बन्द

मेरोन्यूज २०७८ वैशाख ७ गते १४:०८

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का ६ जना कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । ८ जना कर्मचारी मध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जोखिमलाई मध्यनजर राखेर परिस्थिति अनुकुल नभएसम्मका लागि वडा कार्यालयबाट प्रदान गरिने सेवा बन्द गरिएको वडाध्यक्ष प्रमोद रिजालले बताए ।

‘वडाका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई जना कर्मचारीको रिपोर्ट आउन बाँकी छ ‘यस्तो अवस्थामा सेवा दिन गाह्रो छ । अत्यावश्यक सेवा प्रदान गर्नुपर्ने नै अवस्था आएमा त्यसको वैकल्पिक बाटो खोजिने छ’ वडाध्यक्ष रिजालले भने

प्रतिक्रिया