शनिबार, वैशाख १५, २०८१

केकी अधिकारीलाई कोरोना पुष्टि, ‘घिन्ताङ’को छायांकन रोकियो

मेरोन्यूज २०७८ वैशाख ७ गते १२:२८

काठमाडौं । अभिनेत्री केकी अधिकारीको कोरोना संक्रमण पुष्टि भएको छ ।

उनलाई कोरोना रिपोर्ट पोजिटिभ आएपछि आजबाट छायांकन सुरु हुने भनिएको चलचित्र ‘घिन्ताङ’ प्रभावित भएको हो ।

दिपक श्रेष्ठको निर्देशनमा तयार हुन लागेको चलचित्रको छायांकन सोमबारदेखि सुरु गर्ने निर्माणपक्षको योजना थियो । तर, अभिनेत्री केकीमा कोरोना संक्रमण देखिएसँगै छायांकन केही दिन पछि सारिएको हो ।

पहिलो पटक टेष्ट गर्दा कोरोना पोजिटिभ देखिएपछि केकीले विश्वास नलागेर दोश्रो पटक पनि टेष्ट गरेकी थिइन् । तर, दोश्रो पटक पनि कोरोना पोजिटिभको रिपोर्ट आएपछि केकी होम क्वारेन्टाइनमा रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया