शुक्रबार, वैशाख १४, २०८१

२ किलो गाँजा सहित बालक पक्राउ

मेरोन्यूज २०७८ वैशाख २ गते १८:२२

पर्सा । बीरगञ्ज महानगरपालिका-१६ स्थित शंकराचार्य गेटबाट २ किलो गाँजासहित एक बालक पक्राउ परेको छ ।

प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले बिहिबार शंकास्पदरुपमा हिँडिरहेको अवस्थामा १४ वर्षीय बालकलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई खानतलासी गर्दा कम्मरमा उक्त गाँजा बाँधेर वीरगञ्जबाट भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बाराको जितपुर सिमरा उप महानगरपालिका-३ घर भएका बालक टेम्पोबाट ओर्लेर नेपाल-भारत सिमानाको मितेरी पुल हुँदै रक्सौलतर्फ गाँजा बोकेर जाँदै थिए ।

उनलाई लागुऔषध नियन्त्रण ऐनअनुसार कारवाही गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया