शुक्रबार, वैशाख १४, २०८१

बालाजुमा १६ सय सिलिण्डर नष्ट

मेरोन्यूज २०७८ वैशाख २ गते १३:२०


काठमाण्डौं । नेपाल ग्यास उद्योग प्रा.लि.ले पुराना एक हजार छ सय सिलिण्डर ग्यास नष्ट गरेको छ । बिहिबार बालाजुमा रहेको नेपाल ग्यास उद्योग प्रा.लिको कार्यालयले १ हजार ६ सय नेपाल ग्यास नष्ट गरेको हो ।

नेपाल ग्यासका डेपुटी मार्केटिङ म्यानेजर बुद्धि गम्भिर पण्डितले उपभोक्ताको सुरक्षालाई दृष्टिगत गरी पुराना तथा प्रयोग गर्न नमिल्ने सिलिण्डर ग्यासको छनोट गरी बिहिबार नष्ट गरिएको जानकारी दिए । उनका अनुसार सुरक्षाको दृष्टिले असुरक्षित हुने ग्यास छनोट गर्दै विगतदेखि नेपाल ग्यासले नष्ट गर्दै आएको र भविष्यमा पनि नष्ट गर्ने योजना रहेको छ ।

ग्यास नष्ट गर्दा अन्य पनि विकल्प भएता पनि नेपाल ग्यासले आगो लगाउँदा वातावरणमा असर पर्ने र सो क्षेत्रसँगै काठमाण्डौं उपत्यकामा असर पर्ने सरोकारवालाले जनाएका छन् । वातावरणविद् डा.भुषण तुलाधरले धुलोको समस्या अल्पकालिन भएपनि नियमित हुने सवारी साधनको धुवासँगै नियमित आगोबाट आउने प्रदुषणले जनस्वास्थ्यमा असर पर्ने बताए ।

प्रतिक्रिया