शुक्रबार, वैशाख १४, २०८१

नेपालमा देखिएको ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस के हो?

मेरोन्यूज २०७८ वैशाख २ गते १२:०५

काठमाडौं । नेपालमा पनि ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस देखिएको छ ।

ललितपुरका एक पुरुषमा ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस देखिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमख डा.कृष्ण पौडेलले जीन स्विक्वेन्सिङका लागि हङकङमा पठाइएको १५ वटा नमुना मध्ये एक जनामा डबल म्युटेन्ट भाइरस फेला परेको बुधबार जानकारी दिए ।

यो भारतका धेरै स्थानमा डबल म्युटेन्ट भाइरस देखिएको छ । नेपालमा भने यो पहिलो पटक भेटिएको हो । पौडेलका अनुसार ति पुरुषको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ लगायतका काम भइरहेका छ ।

डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस के हो ?
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस भनेको कोरोनाको परिवर्तित स्वरुप भनेर नै बुझ्नपर्छ ।


डा.पुनका अनुसार यो भाइरस भारतमै पहिलो पटक देखिएको हुदाँ यसलाई भारतिय भाइरस समेत भनिन्छ । “’डबल म्युटेन्ट भेरियन्ट’ नयाँ प्रकारको कोरोना भाइरस भनेको त्यसमा रहेको म्युटेन्ट परिवर्तन हो”, डा.पुनले मेरोन्युजसँग भने,“बढी संक्रामक र रोग प्रतिरोधात्मक शक्तिलाई छल्न सक्ने हो कि भन्ने चिन्ता रहेको छ ।”


परिवर्तित रुप भएका कारण यसबारेमा अझै अध्ययन हुन भने क्रम जारी रहेको डा.पुनले जानकारी दिए ।

प्रतिक्रिया