शनिबार, वैशाख १५, २०८१

आजको मौसम कहाँ कहाँ कस्तो छ त ?

मेरोन्यूज २०७७ चैत २९ गते ७:०७

काठमाडौं । मुलुकभरको मौसम सामान्यतथा सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पहाडी भू–भागहरूमा आंशिक बदली रहेको र बाँकि भू–भागको मौसम सामान्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ । हाल स्थानीय वायुको साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ। पहाडी भू–भागका एक/दुई स्थानमा अपरान्ह पछि मेघगर्जन रचट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया