आर्थिक रुपान्तरण २०३०को कार्यान्वयनमा सबै पक्षको योगदान आवश्यक छ : चन्द्रप्रसाद ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक रुपान्तरण २०३०को कार्यान्वयनमा सबै पक्षको योगदान आवश्यक रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ बार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउदै सम्मृद्ध मुलुक निर्माणका लागि महासंघको भिजन पत्रको रुपमा आएको आर्थिक रुपान्तरण २०३० ले महत्वपुर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
उनले आगामी आर्थिक बर्षको बजेट र मौद्रिक नीतिका सम्बन्धमा आफुहरुले दिने सुझावलाई सरकारले सकारात्मक रुपमा लिने अपेक्षा आफुहरुले गरेको बताए ।
उनले भने “कोभिड १९ ले पारेको प्रभाव र अर्थतन्त्रलाई चलायमा बनाउनका लागि महासंघले आर्थिक रुपान्तरण २०३० मार्फत प्राररुप तयार पारेको छ । यसलाई महासंघले भिजन पेपर पनि भन्ने गरेको छ । यसको कार्यान्वयनका लागि सरकार लगायत सबै निकायबीचको सहकार्य र समन्वयबाट मात्र संभव छ ।”
प्रतिक्रिया