शुक्रबार, वैशाख १४, २०८१

‘ओमानमा रोजगारी लगाईदिन्छु’ भन्दै महिलालाई बन्धक बनाउने फरार अभियुक्त पक्राउ

मेरोन्यूज २०७७ चैत २७ गते १५:५५

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा १० वर्ष कैद तथा ५० हजार रुपैयाँ जरिवाना फैसला भएका फरार ३८ वर्षीय जयतबहादुर राईलाई पक्राउ गरेको छ ।

बिहीबार साँझ काठमाडौं-९ तिलगंगामा लुकिछिपी बसिरहेको अवस्थामा अभियुक्त राईलाई पक्राउ गरिएको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तले बताएकी छन् ।

उनीविरूद्ध मानव बेचबिखन तथा ओसारपसार एवम् संगठित अपराध मुद्दामा उच्च अदालत पाटनले २०७६ साल चैत २ गते कैद र जरिवाना फैसला गरेको थियो।

खाडी मुलुक ओमानमा घरेलु कामदारको रूपमा रोजगारी दिलाउने प्रलोभनमा पारी उनले एक महिलालाई बिना श्रमस्वीकृति अर्कै मुलुक दुबई पठाउन खोजेको राईमाथि आरोप थियो। पीडित महिला ओमानको सीमावर्ती क्षेत्रमा बन्धक भएकी थिइन्।

ब्युरो र दुबईस्थित नेपाली दूतावासको सहयोगमा ती महिलालालाई २०७३ सालमा उद्दार गरिएको थियो। राईले ती महिलाबाट तीन लाख ५० हजार रुपैयाँ लिएका थिए।

प्रतिक्रिया