शनिबार, वैशाख १५, २०८१

ओलीलाई साथ दिनेहरुलाई नेता नेपालले ‘दास’ को उपमा दिए

मेरोन्यूज २०७७ चैत २७ गते १४:५०

मोरङ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले विधान विपरीत काम गर्ने पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिनेहरु दास भएको बताएका छन् ।

शुक्रबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले ओलीलाई साथ दिनेहरु दास भएको बताएका हुन् । समानान्तर कमिटी गठनका लागि विराटनगर गएका नेपालले ओलीले विधान विपरीत काम गर्दै हिडेका कारण सामान्तर कमिटी गठन गर्न शुरु गरेको बताए ।

उनले आफूहरु ओलीको दास हुन नसक्ने बताउँदै संगठित भएर विरोध गर्ने जिकिर गरे । ओलीले पार्टीभित्र मुख हेरेर कारबाही चलाएको र यो विधान विपरीत रहेको उनले बताए ।

प्रतिक्रिया