शनिबार, वैशाख १५, २०८१

पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि मतदानमा यस्तो देखियो (फोटोफिचर)

जुली गिरी २०७७ चैत २५ गते १६:१५

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी छ । बिहान ९ वजेदेखि बेलुकी ६ वजेसम्म हुने मतदानमा देशभरबाट १३ हजार १ सय ८० पत्रकारले मतदान गरिरहेका छन् । उक्त मतदान सबै जिल्ला जारी छ । यसपटक इतिहासमै पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् महासंघको नेतृत्व चयन हुँदैछ ।

अध्यक्ष पदका लागि केन्द्रमा विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । पोखरेल प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव नेपाल समूह) सहित ११ वटा संगठनको साझा उम्मेदवारको रुपमा छन् ।

शर्मा प्रेस चौतारी (केपी ओली समूह) सहितको गठबन्धनबाट उम्मेदवार छिन् । शर्मा प्रेस चौतारी (केपी ओली समूह) सहितको गठबन्धनबाट उम्मेदवार छिन् । उनीहरुबीच कडा टक्कर हुने अनुमान गर्न सकिन्छ ।

अध्यक्ष पदका लागि स्वतन्त्र रुपमा गजेन्द्रसिंह बुढाथोकी पनि प्रतिस्पर्धामा उत्रिएका छन् । काठमाडौं उपत्याकाका १९ स्थानमा निर्वाचन क्षेत्र रहेका छन् ।

This image has an empty alt attribute; its file name is election-pic-8-pg-1024x573.jpg



काठमाडौं उपत्यकाको हकमा प्रतिष्ठान, उपत्यका र एशोसिएटका लागि छुट्टाछुट्टै मतदानस्थल छ । काठमाडौंको हकमा प्रज्ञा भवन कमलादीको केन्द्रबाट मतदान भैरहेको छ ।

This image has an empty alt attribute; its file name is election-pic-3-1024x609.jpg

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया