शुक्रबार, वैशाख १४, २०८१

कार्यकर्ताहरूलाई नेता नेपालको ढाड्स : ‘एउटै डुङ्गामा यात्रा गर्नेहरुलाई सफलताका साथ वारीबाट पारी पुर्याउछौ’

मेरोन्यूज २०७७ चैत २४ गते १६:४९

काठमाडौं । नेपाल कम्युनिष्ट्र पाट्री नेकपा एमालेका नेता माधव कमार नेपालले एउटै डुङ्गामा यात्रा गर्नेहरुलाई आफूले सफलताका साथ वारीबाट पारी पु¥याई छाडने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मंगलबार आफू निकट बागमती प्रदेश कमिटीको बैठकमा सम्बोधन गर्दै आफ्नो पक्षमा लागेका कुनैपनि नेता कार्यकर्तालाई बिचैमा अलपत्र नपार्ने र एउटै डुङ्गामा यात्रा गर्नेहरुलाई आफूले सफलताका साथ वारीबाट पारी पु¥याई छाडने प्रतिवद्धता समेत व्यक्त गरेका हुन् ।

नेता नेपालले निर्वाचन आयोगले वैधानिक रुपमा नेकपा एमाले केपी ओलीलाई दिए पनि नआत्तिन नेता, कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।

मंगलबार आफू निकट बागमती प्रदेश कमिटीको बैठकमा सम्बोधन गर्दै नेता नेपालले निर्वाचन आयोगले केपी ओलीलाई बैधानिकता दिई अध्यक्ष मानेमा नआत्तिन आग्रह गरेको हो ।

उनले भने ‘भोलि बैधानिकरुपमा नेकपा एमालेमा केपी ओली नै अध्यक्ष हो भनेर निर्वाचन आयोगले भन्यो भने के गर्नुपर्ला भनेर तपाईहरुलाई परेको होला, नआतिनुहोस् जहाँ समस्या छ त्यसको समाधान छ । समाधान हामी निकाल्ने छौं । त्यसो हुनाले बीचमा तपाईहरुलाई छाडने छैनौं । तपाईहरु र हामी एउटै डुङ्गामा सवार भएका छौं त्यो डुङ्गालाई सफलताका साथ वारीबाट पारी पु¥याई छाडने छौं । लक्ष्यसम्म पुगि छाडने छौं । त्यसो हुनाले आत्तिनुपर्ने केही छैन ।’

नेता नेपालले आफूहरु लोकतान्त्रिक कम्युनिष्ट शक्तिहरुसँग एकतावद्ध भएर जान चाहिरहेको पनि स्पष्ट पारेका छन् । त्यस क्रममा विभिन्न राजनीतिक दलहका नेतृत्वहरुसँग कुराकानी भइरहेको पनि बताए ।

‘हामीले संयुक्त जनमोर्चासँग कुरा ग¥यौं उहाँहरु पनि सकारात्मक हुनुहुन्छ, नेकपा माओवादी मोहन बैद्यजीहरुको समूहसँग कुरा ग¥यौं उहाँहरुपनि सकारात्मक हुनुहुन्छ, अरु लोकतान्त्रिक पार्टीहरुपनि हाम्रो कुरालाई सकारात्मक रुपमा लिइरहनु भएको छ । हामी सबै सकारात्मक शक्तिहरुसँग एकतावद्ध भएर जान चाहन्छौं । हामीले कसैप्रति नकारात्मक भाव राख्नुपर्ने छैन । तर यदी हाम्रो पार्टी अगाडी बढ्ने क्रममा कसैले बाधा अवरोधहरु खडा ग¥यो भने त्यसका विरुद्धमा हामी जुध्नका लागि तयार छौं । यही संकल्पका साथ हामी यहाँ भेला भएका छौं ।’ नेता नेपालले भने ।

मंगलबार बसेको वैठकलले नेपाल पक्षको नेकपा एमालेले बागमती प्रदेशका १३ वटै जिल्लामा समानान्तर समित घोषणा गरेको छ।

प्रतिक्रिया