शुक्रबार, वैशाख १४, २०८१

माओवादी केन्द्रले गर्‍यो ओली सरकारका चार मन्त्रीलाई कारबाही (पत्रसहित)

मेरोन्यूज २०७७ चैत २४ गते १६:४२

काठमाडौं । माओवादी केन्द्रले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका चारजना सांसदलाई सांसदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा बुझाएको छ । नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुलाई कारबाही गरेको निर्णय संघीय संसद् सचिवालयमा बुझाएको हो ।

माओवादीका प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभाका चार जना सांसदहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई सांसद पदबाट हटाउन लेखेको पत्र संसद् सचिवालयमा बुझाएका छन् । चारैजना सांसद अहिले मन्त्री छन् । उनीहरू नेकपा एमाले पार्टीको केन्द्रीय सदस्यमा पनि मनोनित भएका छन् ।

यस्तो छ पत्र

प्रतिक्रिया