शुक्रबार, वैशाख १४, २०८१

सरकारी कागजात किर्ते गरेको अभियोगमा अधिवक्ता पक्राउ

मेरोन्यूज २०७७ चैत २४ गते १५:२३

काठमाडौं । सरकारी कागजात किर्ते गरेकोअभियोगमा एक अधिवक्ता पक्राउ परेका छन् ।

सोमबार काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय मकवानपुरले अधिवक्ता बद्रिप्रसाद पौडेललाई पक्राउ गरेको हो।

उनीविरूद्ध हेटौंडास्थित एक कम्पनीले २०७५ सालमै जाहेरी दिएको थियो। भक्तपुर चाँगुनारायण घर हुने उनी जाहेरीपछि फरार भएका थिए।

हेटौंडाको एउटा कम्पनीमा भएको भवन र जग्गा आफ्नो नाममा लिएर कम्पनी रजिस्ट्रार कार्यालय, भूमि सुधार कार्यालय, मालपोत कार्यालय सबैबाट डकुमेन्ट मिलाएर चार जनालाई बेचेको र त्यसमा संलग्नता रहेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

उनिमाथि ९ कठ्ठा ३ धुर जग्गाका कागजातहरू किर्ते गरी बेचेको आरोप छ। उनीमाथि प्रहरीले जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया